
२८ माघ, काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा शून्य समय चलिरहेको थियो । उक्त समयमा बोल्नका लागि नाम टिपाएका सांसदहरूको नाम बोलाउँदै सभामुखले समय दिइरहेका थिए ।
सोही क्रममा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पालो आयो । शून्य समयमा बोल्ने सांसदहरूमध्ये कार्की नै अन्तिम थिए ।
कार्कीलाई बोलाउने क्रममा सभामुख घिमिरेले ‘अब माननीय ज्ञानबहादुर कार्की’ भनिदिए ।
उनले तुरुन्तै सच्याउँदै ज्ञानेन्द्रबहादुर कार्की भनिसकेका थिए ।
तर, सांसद कार्कीले यो विषय यतिकै छाडेनन् । बरु, सभामुखलाई ध्यान दिएर मात्रै नाम उच्चारण गर्न सुझाव नै दिए ।
‘सभामुख महोदय, नाम उच्चारण गर्दा ध्यान दिनका लागि म हार्दिक आग्रह गर्न चाहन्छु,’ शून्य समयमा आफ्ना कुरा राख्नुअघि नै उनले भने ।
प्रतिक्रिया 4