+
+
Shares

एनसीबी कन्फरेन्समा भाग लिन एआईजी थापाको टोली फ्रान्स प्रस्थान

प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोल सचिवालयको आयोजनामा लियोनमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फरेन्स’ मा भाग लिन एआईजी दीपक थापाको टोलीले फ्रान्स प्रस्थान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १५:४१

२८ माघ, काठमाडौं । प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोल सचिवालयको आयोजनामा लियोनमा सञ्चालन हुने ‘हेड अफ एनसीबी कन्फरेन्स’ मा भाग लिन एआईजी दीपक थापाको टोलीले फ्रान्स प्रस्थान गरेको छ ।

आइतबार एआईजी थापासाथै एसपी कोमल शाहको टोली आइतबार फ्रान्स प्रस्थान गरेको हो । हेड अफ एनसीबी कन्फरेन्सको मुख्य रूपमा ‘सिनारिओ अफ क्राइम अगेन्सट चाइल्ड’ विषय लगायत अन्तराष्ट्रिय स्तरमा हुने अपराधहरुको विषयमा छलफल हुने बताइएको छ ।

इन्टरपोलका १९६ सदस्य राष्ट्रहरुका एनसीबीका प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरूबीच समन्वय तथा सहकार्य हुने बताइएको छ ।

यसका साथै समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा क्षमता विकासका विषयहरूमा एसिया एन्ड द साउथ प्यासिफिक रिजनल राउन्ड टेबल मिटिङ पनि हुने बताइएको छ । हरेक वर्ष हुने यो कन्फरेन्स २०२५ फ्रेबुअरी ११ देखि १३ सम्म लियोनमा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?