+
+
Shares

दलित अभियन्ता खगेन्द्र सुनार संसद छिर्न खोज्दा नियन्त्रणमा

निषेधित क्षेत्र तोड्न खोजिएकाले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी विश्व अधिकारीले दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १६:३३

माघ २८, काठमाडौं । दलित अभियन्ता खगेन्द्र सुनार संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

अन्तरजातीय विवाहित जोडी सत्येन्द्र र नेहाको न्याय माग्दै सोमबार दिउँसो संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी घाँटीमा नेल लगाएर संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको  जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी विश्व अधिकारीले दिए ।

एसएसपी अधिकारी अनुसार खगेन्द्रलाई प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । ‘निषेधित क्षेत्र तोड्न खोजिएकाले उहाँलाई नियन्त्रणमा लिएका हौं,’ उनले भने ।

यसअघि पनि खगेन्द्रले ‘दलितलाई खै’ भन्‍दै खुट्टामा नेल लगाएर माइतीघर प्रदर्शन गर्दै आएका छन् । उनी संसद भवन भने दोस्रो पटक प्रवेश गर्न खोजेका हुन् ।

‘दलितको लागि दलित अभियान’ नेपालका संयोजक रहेका सुनारले गृहमन्त्री रमेश लेखककै निर्देशनमा गैरकानूनीरूपमा अन्तरजातीय विवाह गरेका जोडीमाथि दमन गरेको भन्दै विरोध गर्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?