+

साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

२०८१ माघ  २८ गते १६:३१ २०८१ माघ २८ गते १६:३१
साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

२८ माघ, काठमाडौं । साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १-० ले हराउँदै अनतिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९औं मिनेटमा निर्णायक गोल गरे ।

नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हल्का हेडरमार्फत पोस्टको दिशा दिएका थिए । आर्मीका आविष्कार खड्का बलको नजिकै भएपनि उक्त गोल रोक्न सकेनन् ।

योसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको बदला समेत लिएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो । बाई पाएर सिधै क्वाटरफाइनल खेलेको साविक विजेता आर्मी भने पहिलो खेलबाटै घर फर्कने भएको छ ।

आहारारा पोखरा गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय