+
+
Shares

जरूरी सार्वजनिक महत्वका ३ प्रस्ताव दर्ता

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सोमबारको प्रतिनिधिसभा बैठकमा तीनवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १६:३८

२७ माघ, काठमाडौं । प्रतिनिधिसभामा तीनवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले तीनवटा जरूरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराएका हुन् ।

दुर्घटना न्यूनीकरणका लागि मोटरसाइकलको पछाडि सिटमा बस्ने यात्रुले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने सम्बन्धी एउटा प्रस्ताव छ । यसको समर्थकमा सांसदहरू उदयशम्शेर जबरा, राजेन्द्रकुमार केसी र संजयकुमार गौतम छन् ।

यार्सागुम्बा संकलनमा बालश्रम निषेध सार्वजनिक महत्वको अर्को प्रस्ताव छ । यसको समर्थकमा सांसदहरू सुरेन्द्रराज आचार्य, चन्दा चौधरी र कान्तिका सेजुवाल छन् ।

बजगाईंले मानव–वन्यजन्तु द्वन्द्व निवारण सार्वजनिक महत्व प्रस्ताव पनि लगेका छन् । यसको समर्थकमा राजेन्द्रकुमार केसी र उदयशम्शेर जबरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?