
२७ माघ, काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार ऐन पहिलो संशोधन विधेयक पारित भएको छ । सोमबार बसेको प्रतिनिधि सभाको बैठकले यो विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
सभामा अर्थमन्त्री विष्णु पौडेलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले स्वीकार गर्दै विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए ।
‘प्रस्तावित विधेयकमा भएका व्यवस्थाहरूको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भइ चल सम्पत्ति उपरको दायित्व परिपालना हुने र यसले चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा लिइएको छ,’ अर्थमन्त्री पौडेलले भने ।
प्रतिक्रिया 4