+
+
Shares

सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌बाट पास हुन्छ : सञ्चारमन्त्री गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १७:३७
फाइल तस्वीर

२८ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌बाट पास हुने बताएका छन् ।

संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नियन्त्रण र बन्द गर्न नभइ नियमन गर्न ल्याइएको बताए ।

‘सामाजिक सञ्जालसम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्नेकुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसद्‌बाट पास हुन्छ,’ उनले भने ।

विधेयक संसद्‌बाट पारित हुने भएकाले निर्णय संसद्ले नै गर्ने उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?