+
+
Shares

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता हुनुपर्छ : सांसद शाही

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १८:१५

२८ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌बाट फिर्ता हुनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनलेसरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने जिकिर गरे ।

‘सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक, कमेन्ट, सेयर गर्नेबित्तिकै जेल हाल्ने हो ? २००७ सालमा नेपालमा रेडियो खोलिएको हो । गोरखापत्रको स्थापना त राणाकालम भएको हो । सक्रिय पञ्चायतको बेला मुलुकमा टेलिभिजन खोलिएको छ । बोल्न पाउने अधिकारलाई ओलीले कुण्ठित गर्न सक्छन् जस्तो लाग्छ ?,’ उनले भने ।

सरकारले जबरजस्ती गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी पनि उनले दिए ।

‘यदि त्यसो भयो भने संसद् र सडकबाट विरोध हुन्छ । त्यो विधेयक पेस गर्ने आवश्यक्ता नै छैन । अहिले पनि हामीसँग साइबर क्राइमको ऐन छ,’ उनले भने, ‘ओली सरकारले गलत गरेको कुरा कसैले लाइक गर्‍यो, कमेन्ट गर्यो भने कारबाही हुने रे । जयजयकार गर्नको लागि गतिलो काम गर्नुपर्‍यो नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?