+
+
Shares

छविलाल जोशीलाई थुनामा पठाउन रुपन्देही जिल्ला अदालतको आदेश

जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए

जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते २२:४३

२८ माघ, बुटवल । रुपन्देही जिल्ला अदालतले नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

रुपन्देही जिल्ला अदालतमा सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

जोशीलाई पछि ठहरे बमोजिम हुने गरेर अहिलेलाई थुनामा पठाउने आदेश भएको अदालतका स्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।

जोशी आजै रुपन्देही अदालतमा हाजिर भएका थिए । ‘आजै निवेदन दिएर हाजिर भएकोमा पछि बुझ्दै गएअनुसार हुने गरी तत्काललाई थुनामा पठाउने आदेश भएको छ,’ ज्ञवालीले भने ।

यो मुद्दामा पूर्व डीआईजी जोशीसहित रास्वपा सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कमा अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई लगायतलाई प्रतिवादी बनाइएको छ ।

लामिछानेलाई यसअघि रूपन्देही जिल्ला अदालतले एक करोड रुपैयाँ धरौटी लिएर तारिखमा छोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?