+

अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

२०८१ माघ  २८ गते १९:१० २०८१ माघ २८ गते १९:१०

धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो । उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ ।

अर्जुन ट्रफीको उपाधि अत्तरियालाई

२८ माघ, फाप्ला । धनगढी। कैलालीको धनगढीमा भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सिवाइसी अत्तरियाले जितेको छ ।

धनगढीको फाप्ला मैदानमा सोमबार भएको फाइनल खेलमा फ्रेन्ड्स क्लब डडेल्धुरालाई ३४ रनले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो।

उपाधिसँगै अत्तरियाले नगद १० लाखसहित ट्रफी प्राप्त गरेको छ । डडेल्धुराले नगद पाँच लाखमा चित्त बुझाएको छ । सिवाइसी अत्तरियाले धनगढी प्रिमियर लिग–३ को पनि विजेता हो।

फाइनलमा अत्तरियाले दिएको एक सय १९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा समेटियो । डडेल्धुराका लागि गजेन्द्र बोहराले २४, कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाए। डडेल्धुराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । अत्तरियाका शहाव आलम र दिपेश कडेलले तीन–तीन विकेट लिए । कमल गुप्ता र विवेक यादवले दुई–दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो । अत्तरियाका लागि रासिद खानले ३१ रन बनाए । यस्तै, सन्तोष कार्की र शंकर रानाले समान २०–२०, सन्दीप क्षेत्रीले १२, विवेक यादवले ११ र भीम सार्कीले १० रन बनाए ।

डडेल्धुराका लागि अभिषेक गौतमले चार विकेट लिए । यस्तै अजय चौहान र कुशल भुर्तेलले एक–एक विकेट लिए । अत्तरियाका तीन खेलाडी रन आउट भएका थिए । अत्तरिया प्रतियोगिताभर अपराजित रहदै च्याम्पियन बनेको हो ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०–५० हजार प्रदान गरिने आयोजक गो ड्रिमर्सले जनाएको छ ।

विवेक यादव भए उत्कृष्ट खेलाडी, भुर्तेल उत्कृष्ट बलर र ब्याट्सम्यान

सिवाइसी अत्तरियाका विवेक यादव अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका उत्कृष्ट खेलाडी भएका छन् । यादवको उत्कृष्ट प्रदर्शनको मदत्तले अत्तरिया प्रतियोगिताको च्याम्पियन भएको थियो । प्रतियोगिताभर उनले एक सय ५२ रन बनाए भने १० विकेट लिए । उनले नगद एक लाखसहित ट्रफी पाए ।

यस्तै उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान भने डडेल्धुराका कुशल भुर्तेल भए । उनले पाँच खेलमा १३ विकेट लिएका थिए । एक सय ६८ रन बनाएका थिए । उनले पनि एक लाख नगदसहित ट्रफी पाए । यस्तै प्रतियोगितामा उदयमान खेलाडी भने डीसीए धनगढीका हिक्मत महरा भए ।

उनले नगद ५० हजारसहित ट्रफी पाए । सोमबार भएको फाइनलमा अत्तरियाले डडेल्धुरालाई ३४ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा आठ टोली सहभागी थिए ।

अर्जुन ट्रफी सिवाइसी अत्तरिया
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय