+
+
Shares

पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात   

रासस रासस
२०८१ माघ २८ गते १९:१५

२८ माघ, झापा । पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।

प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्रिसोलगायत रहेका छन् ।

छ महिनामा सबैभन्दा धेरै चिया छ अर्ब ८२ करोड, अलैँची चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर एक अर्ब ९१ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको निर्यात भएको उनले जानकारी दिए ।

यस्तै, अदुवा २६ करोड १३ लाख, अम्रिसो ४९ करोड ७४ लाख, बन्दा आठ करोड १७ लाख, जडीबुटी दुई करोड ६३ लाख, मसुरो दाल एक रोड ५५ लाख मूल्य बराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए ।

आयात हुने मुख्य वस्तुमा कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् ।

क्वारेन्टिन कार्यालयको तथ्यांकअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार, चामल तीन करोड तीन लाख, ताजा तरकारी १८ करोड २३ लाख रुपैयाँ मूल्य बराबरको आयात भएको छ ।

यसैगरी ताजा फलफूल २० करोड १८ लाख, लसुन ६१ करोड ७५ लाख, आलु २१ करोड ७४ लाख मूल्य बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?