+
+
Shares

अध्यादेशबारे उपेन्द्र- बिँड मात्रै तातेर हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १९:२०

२८ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे निर्णय लिनका लागि पहिला सम्बन्धित पक्षबाट चासो हुनुपर्ने बताएका छन् । बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफूहरूले समयमै अध्यादेशबारे निर्णय लिने जिकिर गरे ।

‘हामी समयमा निर्णय गर्ने हो । सरकारले नै कार्यसूचीबाट हटाइसकेपछि तात्ने तातेन भने बिँड तताएर के हुन्छ ?,’ उनले सञ्चारकर्मीको प्रश्नको जवाफमा भने ।

उनले यही प्रसंगलाई अझै प्रष्ट पार्दै भने, ‘ट्रेन आएपछि नै सिग्नल दिने हो । हरियो झण्डा ट्रेन आउने बेलामा मात्रै देखाइन्छ ।’

सरकारले हिउँदे अधिवेशन सुरु हुनुभन्दा अगाडि ल्याएका ६ वटा अध्यादेश संसद्मा निर्णयार्थ प्रस्तुत हुन सकेको छैन ।

प्रतिनिधिसभामा सत्तारुढ दलको प्रष्ट बहुमत भए पनि राष्ट्रिय सभामा छैन । सोही कारण सरकारले अध्यादेश प्रस्तुत गर्न सकेको छैन ।

राष्ट्रिय सभामा निर्णायक देखिएको जसपा नेपालले अध्यादेशको पक्ष र विपक्षमा मतदान गर्नेबारे निर्णय लिइसकेको छैन ।

जसपा नेपालले अध्यादेशबारे धारणा बनाउनका लागि लागि विज्ञसँग छलफल पनि गरेको थियो ।

फरक प्रसंगमा यादवले अहिलेको सरकार अरुको पार्टी फुटाउन लागेकोप्रति आपत्ति जनाए ।

‘मुलुक आर्थिक रुपले दलदलमा फसेको छ । मिडिया नियन्त्रणको विधेयक आउँदैछ । अन्तर्राष्ट्रिय शक्तिले पत्याउन छाडे । शिक्षा, स्वास्थ्य धरासायी भयो,’ उनले भने, ‘युवा पिँढीले अब यो मुलुकमा कुनै

भविष्य छैन भनेर लाइन लागिसके । यसको समाधानमा दिमाग लगाए हुने नि । अर्काको पार्टी फुटाउन किन लाग्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?