+
+
Shares

माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला

समाजवादको पूर्वाधार निर्माणसम्बन्धी प्रशिक्षण दिइने

आफूले जितेका पालिकाबाट समाजवादको अभ्यास गर्ने निर्णय गरेको माओवादीले त्यसका लागि जनप्रतिनिधिलाई प्रशिक्षण दिन भेला आयोजना गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते २०:४३

२८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय तहका जनप्रतिनिधिको राष्ट्रिय भेला आह्वान गरेको छ ।

माओवादी केन्द्रले १० फागुनमा काठमाडौंमा अभिमुखी कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरेको हो । भेलामा प्रमुख–उपप्रमुख, अध्यक्ष–उपाध्यक्ष र अध्यक्षहरू सहभागी हुने माओवादीले जनाएको छ ।

गत २१ देखि २३ पुसमा काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको विस्तारित बैठकले देशभर आफूले जितेका पालिकाका जनप्रतिनिधिको राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिले आफ्नो पार्टीले जितेका पालिकाबाट समाजवादको अभ्यास थाल्ने भन्दै जनप्रतिनिधिलाई त्यसअनुसार प्रशिक्षित गर्ने निर्णय लिएको थियो ।

पार्टी महासचिव देव गुरुङले स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?