+
+
Shares

‘ताण्डवम्’को ट्रेलर : प्रेम, एक्सन र बदलाको कथा

फिल्मले एक नवविवाहित जोडीको कथा पेश गर्छ जो पहिलो सन्तानको स्वागतको तयारीमा छन् । यसबीच उनीहरूको जीवनमा आइलाग्ने अकल्पनीय घटनाले ल्याउने उतारचढावको कथा फिल्मले भन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते २०:२६

काठमाडौं । रङ संयोजक जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पार्छ ।

पारिवारिक, एक्सन थ्रिलर जनरामा निर्माण भएको फिल्मको ट्रेलर पछिल्लो समय बनिरहेकाभन्दा भिन्न देखिन्छ । ट्रेलरले दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ ।

‘त्यो रात के भयो ?’ भन्ने डायलगदेखि सुरु ट्रेलरको अन्त्य ‘भगवान पनि म, अनि राक्षस ?’बाट अन्त्य गरिएको छ । निर्देशक गहतराज यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएकाले ट्रेलरले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गर्छन् ।

यो फिल्म महाशिवरात्रीको पूर्वसन्ध्यामा फागुन ९ गतेदेखि देशब्यापी रिलिज हुनेछ । फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।

फिल्मले एक नवविवाहित जोडीको कथा पेश गर्छ जो पहिलो सन्तानको स्वागतको तयारीमा छन् । यसबीच उनीहरूको जीवनमा आइलाग्ने अकल्पनीय घटनाले ल्याउने उतारचढावको कथा फिल्मले भन्छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण गरेको फिल्मलाई धनकुमारी गहतराज, सविना मगर र मनिष गौतमले निर्माण गरेका हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट बस्नेतको एक्सन कोरियोग्राफी, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ । पटकथा र संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?