+
+
Shares

उपभोक्ता अदालत २ चैतदेखि कार्यान्वयनमा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते २०:४६
फाइल तस्वीर

२८ माघ, काठमाडौं । सरकारले गठन गरेको उपभोक्ता अदालत कार्यान्वयन आगामी २ चैतदेखि हुने भएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै विश्व उपभोक्ता अधिकार दिवस (१५ मार्च) का दिनबाट यस्तो अदालत सञ्चालन गर्ने जानकारी गराएको हो ।

माघ तेस्रो साता सरकारले काठमाडौं उपत्यका मुकाम रहने गरी काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला क्षेत्राधिकार रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको थियो ।

उपभोक्ता संरक्षण ऐन २०७५ अन्तर्गतका कसुरसँग सम्बन्धित कारबाही र किनारा गर्ने क्षेत्राधिकार उपभोक्ता अदालतले पाएको छ । अब उक्त ऐन कार्यान्वयन समेत सुरुवात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?