+
+
Shares

रिलिजको डेढघण्टामै बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा

समाचार लेख्दासम्म भ्यूज १ लाख ८० हजार नाघेको छ । सोही अवधिमा ६ हजारभन्दा धेरै कमेन्ट प्राप्त भएका छन् भने ७० हजारभन्दा धेरै लाइक प्राप्त भएको छ । बालेनका प्रशंसकले यसलाई सामाजिक संजालमा ब्यापक शेयर गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते २०:५३

काठमाडौं । र्‍यापर बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’ युट्युवमा रिलिज भएको डेढ घण्टामै ट्रेन्डिङमा स्ट्रिमिङ भएको छ । यो समाचार लेख्दासम्म गीत छैटौं स्थानमा छ । यसको ट्रेन्डिङको प्रवृत्ति हेर्दा गीत केही घण्टामै शीर्षस्थानमा पुग्ने प्रक्षेपण गर्न सकिन्छ ।

सोमबार ५ बजे सार्वजनिक भएको यो गीतलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’को मौलिक गीत (ओएसएटी’ रहेको बताइएको छ । सार्वजनिक नभएको बालेनका २२ गीतको क्याटालगबाट छनोट गरेर तयार पारिएको गीत हिपहप (र्‍याप) जनरामा तयार पारिएको छ ।

समाचार लेख्दासम्म भ्यूज १ लाख ८० हजार नाघेको छ । सोही अवधिमा ६ हजारभन्दा धेरै कमेन्ट प्राप्त भएका छन् भने ७० हजारभन्दा धेरै लाइक प्राप्त भएको छ । बालेनका प्रशंसकले यसलाई सामाजिक संजालमा ब्यापक शेयर गरिरहेका छन् ।

टिकटकमा समेत छोटा क्लिप सेयर भैरहेका छन् । मेयर भएपछि बालेनको यो पहिलो गीत हो, जसको कारणले पनि उनको गीत सुन्न दर्शक तथा श्रोता अधैर्य थिए ।

फागुन १४ गते शिवरात्रीमा रिलिज तयारीमा रहेको यो फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियना आचार्य लगायतका कलाकारको अभिनय छ । कुमार कट्टेलले फिल्म निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?