+
+
Shares

अध्यादेशबाट देश चलाउन खोज्नु गलत : शेखर कोइराला

संसद् छलेर जान खोज्दा निरंकुशता हावी हुने कांग्रेस नेता शेखर कोइरालाको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते २१:१८

२८ माघ, भक्तपुर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।

भक्तपुरमा जिपि कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।

‘दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु पर्ने जरुरी नै थिएन,’ उनले भने, ‘संसद्लाई छलेर जान खोजियो भने निरंकुशता हावी हुन्छ । त्यसैले अध्यादेशबाट देश चलाउने संस्कार त्यागेर संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।’

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् । कांग्रेस नेता एनपी साउद, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतका नेताले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?