+
+
Shares

चोरी तथा अपहरण घटनाका फरार आरोपी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते ८:५२

२९ माघ, जनकपुरधाम । नेपाल र भारतसहित मधेश क्षेत्रमा चोरी, डाँका तथा अपहरणलगायत आपराधिक घटनामा फरार एक आरोपी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–२ का ४० वर्षीय खड्कनारायण माझी छन् ।

महोत्तरी र मोरङ प्रहरीको संयुक्त टोलीले विभिन्न आपराधिक घटनामा संलग्न आरोपमा माझीलाई पक्राउ गरेको हो । माझी भारतको सितामढी जिल्ला तथा नेपालका महोत्तरी, सम्सी, गौशाला लगायतका क्षेत्रमा चोरी, डाँका, लुटपाट तथा अपहरण जस्ता गम्भीर आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचीमा थिए ।

पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको उनलाई जिल्ला अदालत महोत्तरीमा पेश गरिएको थियो । सोमबार माझीलाई महोत्तरी जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?