+
+
Shares

म:म पसलमा ग्यास विस्फोट घटना: घाइते २ को मृत्यु, अन्यको उपचार जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते ११:४४

२९ माघ, काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भिम बहादुर घले मगर (नवीन) को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

परिसरका एसपी अपिलराज बोहोराका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?