+
+
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३७ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १०:०२

२९ माघ, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ३७ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २२ करोड ५० लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ३६ करोड ९ लाख रुपैयाँ थियो । कम्पनीको खुद प्रिमियम आम्दानी सामान्य बढेको छ । यस्तो आम्दानी पहिले ७९ करोड २५ लाख रुपैयाँ रहेकोमा अहिले ८० करोड ३९ लाख रुपैयाँ छ ।

लगानी तथा व्याजवापतको आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । यस्तो आम्दानी पहिले ३५ करोड ९३ लाख रुपैयाँ रहेकोमा अहिले २७ करोड ३९ लाख रुपैयाँ छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँमा झरेको छ । पहिले २५ रुपैयाँ ७२ पैसा थियो । प्रतिसेयर नेटवर्थ २८७ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य ८६५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?