+
+
Shares

अंशबण्डाको विवादले दोलखामा एक महिलामाथि खुकुरी प्रहार प्रयास

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १०:११

२९ माघ, काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकामा सोमबार एकजना महिलामाथि सांघातिक हमला प्रयास भएको छ । पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि खुकुरी प्रयास भएको हो ।

तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयास भएको थियो । जसक्रममा स्थानीयले बचाएका थिए ।

तामाङलाई उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका-५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ । खुकुरी प्रहार प्रहरीमा पनि उजुरी परेको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर दाताराम अधिकारीले जानकारी दिए ।

‘पारिवारिक विवादले यो घटना निम्तिएको देखिन्छ । हाम्रोमा उजुरी पनि परेको छ । अब कानुनी प्रक्रियामा जान्छौं’,  अधिकारीले भने, ‘अब आरोपीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउँछौं ।’

अधिकारीका अनुसार अंशबन्डाका विषयमा पारिवारिक विवाद उत्पन्न भएको हो । उक्त विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको खुलेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?