+
+
Shares

सृष्टिसँग ‘इन्गेजमेन्ट’ चर्चाबारे के भन्छन् सौगात ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १२:४७
फाइल तस्वीर

काठमाडौं । अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ ७ वर्ष रिलेसनसिपमा बसे । गतवर्ष यी दुईबीचको सम्बन्धमा दरार आयो । ‘ब्रेकअप’को पुष्टि गर्दै त्यतिबेला सौगातले अनलाइनखबरसँग आफूहरू सहमतिमै अलग भएको र आ-आफ्नो काममा अघि बढ्ने बताएका थिए ।

असोज ६ अनलाइनखबरसँगको अर्को कुराकानीमा सौगातले आफूहरू फेरि मिल्ने साथी भएको बताएका थिए । आफूहरूले फिल्म ‘विनोद’मा सहकार्य गर्न लागेको भन्दै सृष्टिले इन्स्टाग्राम स्टोरी सेयर गरेकी थिइन् । अहिले पनि सृष्टिसँग आफूलाई धेरै फिल्मको अफर आउने बताइरहेका छन् ।

यी घटनाक्रमले यी दुईबीच प्याचअप भएको बुझ्न कठिन छैन । प्याचअप भएको हो भन्ने प्रश्नमा सौगातले भनेका थिए- ‘काम गर्दै जाँदा हुनसक्छ, भोलि कसले देखेको छ र ?’

‘ब्रेकअप’ हुनुअघि यी दुईबीचको सम्बन्ध विवाहको कुराकानीसम्म पुगेको थियो । विवाहका लागि परिवारबीच छलफल समेत भएको स्वयम सौगातले बताइसकेका छन् ।

यतिबेला यी दुईजना पुनः सम्बन्धमा आएको चर्चा छ । यतिसम्मकी चैत ३ गते दुबैले इन्गेजमेन्ट गर्दैछन् भन्ने चर्चा समेत छ । केही मिडिया रिपोर्टमा सम्भावित इन्गेजमेन्टको चर्चा सुरु भएको छ । यो अवसरका लागि सौगातले फागुन २५ अगावै फिल्म ‘कल्ली’को छायांकन सक्ने र त्यसपछि बिदामा बस्ने भनेर जानकारी गराइसकेको कुरा छ ।

यस्तोमा, सौगातले इन्गेजमेन्टको चर्चालाई अस्वीकार गरे । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘अहिलेलाई त्यस्तो योजना केही छैन । भयो भने भनिहाल्छु नि ।’ तर, इन्गेजमेन्टको हल्लाले भने सृष्टि र सौगातका प्रशंसक खुसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?