+
+
Shares

१६ वटा अवैध मोटरसाइकल भन्सारलाई बुझाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १२:५५

२९ माघ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिइएका १६ वटा अवैध मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ । माघ १ गतेदेखि विभिन्न स्थानमा खटिएको टोलीले ती मोटरसाइकल नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपककुमार रायका अनुसार ती मोटरसाइकल करिब १२ लाख रुपैयाँ मूल्य बराबरका छन् ।

नियन्त्रणमा लिइएका ती कागजातबिनाका मोटरसाइकल आवश्यक कारबाहीका लागि बुझाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?