+
+
Shares

बालेनको गीत ‘नेपाल हाँसेको’ ६ देशको युट्युव ट्रेन्डिङमा, नेपालमा शीर्षस्थान

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १३:१७

काठमाडौं । र्‍यापर बालेनको नयाँ गीत ‘नेपाल हाँसेको’ले विश्वब्यापी चर्चा पाइरहेको छ । रिलिजको २४ घण्टा नबित्दै यो गीत नेपालसहित ६ मुलुकमा युट्युवको ट्रेन्डिङमा छ ।

सोमबार बेलुका रिलिज भएको यो गीत नेपालमा भने स्ट्रिमिङको डेढघण्टामै ट्रेन्डिङमा थियो । मंगलबार मध्यान्हमा नेपालको संगीत खण्डतर्फ युट्युवको शीर्षस्थानमा छ । यो समाचार लेख्दासम्म गीतलाई झण्डै ८ लाख ७० हजार पटक हेरिएको छ ।

नेपालमा युट्युव ट्रेन्डिङको शीर्षस्थानमा हुँदा अस्ट्रेलियामा १५, युएईमा ८, कतारमा २, माल्टामा २ र कुवेतमा ९ औं स्थानमा छ । नेपाली समुदायको बाक्लो बसोबास रहेका यी मुलुकका दर्शकले गीतलाई रुचाएको देखिएको छ ।

वैदेशिक रोजगारीको पीडा चित्रण गरिएको यो गीतलाई प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम’को प्रमोसनमा प्रयोग गरिने जनाइएको छ । काठमाडौं महानगरको मेयर भएपछि बालेनले पहिलोपटक गीत ल्याएका हुन् । तर, यो गीतको अडियो भने १० वर्षअघि नै रिलिज भैसकेको छ ।

दशकअघि सुनिसकेका श्रोतालाई भिडियोसहितको भर्सनले भने पक्कै उत्साहित तुल्याएको हुनुपर्छ । ‘नेपाल हाँसेको’ गीतको भिडियोमा ‘लाज शरणम्’ गीतका कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?