
२९ माघ, काठमाडौं । काठमाडौंको शंखपार्कको वायु प्रदूषण निकै अस्वस्थ तहमा पुगेको छ । मंगलबार दिउँसो यो समाचार तयार पार्दासम्म समयमा शंखपार्कको वायु गुणस्तर सूचकाङ्क २०८ एक्यूआई पुगेको छ ।
यो मानव स्वास्थ्यका लागि निकै अस्वस्थ वायु मानिन्छ । वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ । ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।
शंखपार्कसहित भैंसेपाटी (१८९), दाङ देउखुरी (१५२)को वायू पनि अत्यधिक प्रदूषित रहेको वातावरण विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा दाङ देउखुरीको वायु सबैभन्दा प्रदूषित मापन गरिएको छ ।
‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।
प्रतिक्रिया 4