+
+
Shares

‘जनयुद्ध दिवस’ मा रोल्पाको सुनछहरी गाउँपालिकामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १६:५२

२९ माघ, काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिकाले ‘जनयुद्ध दिवस’ सार्वजनिक बिदा दिएको छ । तत्कालीन समयमा नेकपा माओवादीले सुरु गरेको सशस्त्र संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिएको हो ।

उक्त दिन विभिन्न खेलकुद तथा सांस्कृति कार्यक्रम आयोजना गरी उत्सवकै रुपमा मनाउने पालिकाले जनाएको छ । नेकपा माओवादीले ०५२ फागुन २ गतेदेखि १० वर्षे सशस्त्र संघर्ष सुरु गरेको थियो ।

उक्त समयावधिमा सुनछहरी गाउँपालिकामा राज्य पक्षबाट १ सय ८२ जना र विद्रोही पक्षबाट २५ जना गरी २०७ जनाले ज्यान गुमाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?