+
+
Shares

ज्ञानेन्द्र शाहीको प्रस्ताव : प्रधानमन्त्री र देशको कानुन नै फरक–फरक बनाऔं

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १७:५०

२९ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले एउटा नेपालको र अर्को प्रधानमन्त्री केपी शर्मा ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले एउटा कानुनले फरक फरक व्यवहार हुने गरेको भन्दै अब दुई वटा कानून बनाउन जरुरी देखिएको जिकिर गरे ।

‘म अनुरोध गर्न चाहन्छु, कानुन दुई वटा बनउनुस् अब । एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । एउटा नेपालको कानुन बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ । बोलेकै आधारमा कुट्न पाइन्छ,’ सांसद शाहीले भने ।

उनले कानुनजस्तै सभामुख, प्रहरी, सरकारी वकिल र न्यायाधीश पनि एउटा ओली नेतृत्वको र अर्को देशको बनाउनुपर्ने जिकिर गरे ।

उनले बोलेकै आधारमा सर्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाए ।

‘माननीय मन्त्री जस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन ?,’ सांसद शाहीले प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?