+
+
Shares

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १७:५३

२९ माघ, काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ । मंगलबार साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

७ बुँदे सहमतिका आधारमा बनेको कांग्रेस-एमाले गठबन्धनलाई यो संयन्त्रले सहजीकरण गर्दै आएको छ । नेताहरुका अनुसार अहिले सरकारले ल्याएको अध्यादेश संसद्बाट पारित गर्ने लगायतका विषयमा आज छलफल हुनेछ ।

सरकारले ल्याएका ६ वटा अध्यादेश संसद्मा प्रस्तुत भएका छैनन् । राष्ट्रियसभामा निर्णायक मानिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालले निर्णय नलिएपछि अध्यादेश प्रस्तुत नभएको हो ।

जसपा नेपालले भूमिसम्बन्धी विधेयक स्वीकार नगर्ने निर्णय आज मात्रै लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?