
२९ माघ, काठमाडौं । हिउँदेयाम विस्तारै घर्किंदै छ । केही दिनअघिसम्म घाम दिनभर प्यारो लाग्थ्यो । तर, अब त्यही प्यारो लाग्ने घामको राप छल्न ओत खोज्नुपर्ने अवस्था आउन थालेको छ ।
काठमाडौं उपत्यकामा चिसो दिन प्रतिदिन घट्दो क्रममा छ । हुस्सु र बादलले डम्म भरिने आकाश खुल्न थालेको छ ।
मंगलबार दिउँसो उपत्यकामाथिको आकाश उज्यालो थियो । आकाश खुलेसँगै काठमाडौं उपत्यकाबाटै उत्तरतर्फ हिमशृंखलाका दृश्यहरू प्रष्ट देखिन थालेका छन् ।
उपत्यकाका भित्री शहर पनि घमाइलो देखिन थालेका छन् । साँझपख हावाहुरी चल्न सुरु भइसकेको छ ।
तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4