+

एक्सेल्सियर कप : आयोजक र भ्याली भ्यु सेमिफाइनलमा

२०८१ माघ  २९ गते २०:०४ २०८१ माघ २९ गते २०:०४
एक्सेल्सियर कप : आयोजक र भ्याली भ्यु सेमिफाइनलमा

२९ माघ, काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु ११औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भुस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ ले पराजित गर्‍यो । एक्सेल्सियरका सोङमेन तामाङले १९ अंक जोडे । भ्याली भ्युले ह्वाइटफिल्डलाई ४२–१३ ले सहजै हरायो । भ्याली भ्युका गणेशबहादुर विष्टले १३ स्कोर गरे ।

सिनियर ब्वाइजमै एलआरआईले निःसर्ग वाटिकालाई ४९–२७ तथा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४५–१६ ले पाखा लगाए । एलआरआईका रियुची श्रेष्ठले १९ र रेडियन्ट पब्लिकका रविन्द्र खत्रीले १५ अंक जोडे ।

सिनियर गर्ल्सको क्वाटरफाइनल बुधबार हुनेछ । त्यो दिन रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमी, रिब्सले एलआरआई, स्वर्णिमले ग्यालेक्सी पब्लिक र एक्सेल्सियरले चाँदबाग विरुद्ध क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरी ब्वाइज फुटसलको यु–९ उमेरसमूहमा सेमिफाइनल समीकरण तयार भएको छ । सेमिफाइनलमा एक्सेल्सियर र संस्कृति तथा राई स्कुल र काभ्या भिड्ने छन् ।
यू–११ मा एक्सेल्सियर ‘नीलो’, भ्याली भ्यु, काभ्या, न्यु जेनिथ, द चाँदबाग, राई स्कुल, स्वस्तिश्री गुरुकुल र जोन डेवी क्वाटरफाइनलमा पुगे ।

यू–१४ मा एक्सेल्सियर ‘रातो’ र ‘नीलो’, इम्पेरियल, विद्यावाणी पाठशाला, मेगस, जोन डेवी, काठमाडौं लिंकन स्कुल तथा बोधीसत्वले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

यू–१६ मा निःसर्ग वाटिका, रेडियन्ट पब्लिक, ग्यालेक्सी पब्लिक, रिब्स, न्यु एरा, स्वस्तिश्री गुरुकुल, एक्सेल्सियर ‘हरियो’ र बोधीसत्वले क्वाटरफाइनल यात्रा तय गरे ।

एक्सेल्सियर कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय