+
+
Shares

‘भ्यालेन्टाइन्स मुड’ जगाउने ‘वसन्त’को टिजरमा प्रकाश र स्वस्तिमाको प्रेमलाप

शीर्ष भूमिकामा सपुत र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन् । निर्माताले यसलाई ‘भ्यालेन्टाइन्स डे विशेष कविता’ भनेको छ । प्रणय दिवसको मुड जगाउन यो टिजर प्रभावकारी हुने आशा निर्माताको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते १९:५७

काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक भएको छ । टिजरलाई ‘मिलनको कविता’ नाम दिइएको छ । युवकले युवतीलाई फकाउन कविता पढिरहेको सन्दर्भमा टिजर बनेको छ ।

फिल्मको शीर्ष भूमिकामा सपुत र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन् । निर्माताले यसलाई ‘भ्यालेन्टाइन्स डे विशेष कविता’ भनेको छ । प्रणय दिवसको मुड जगाउन यो टिजर प्रभावकारी हुने आशा निर्माताको छ ।

यो फिल्म चैत २२ गते चैतेदशैंको सन्दर्भमा रिलिज तयारीमा छ । फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्कबहादुर पुन, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेको अभिनय छ ।

बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा छायांकन गरिएको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको पटकथा र संगीत पनि सपुतले तयार पारेका हुन् ।

विपन्न दलित परिवारको छोराको लेखक बन्ने सपना र त्यो लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा यसमा छ । निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् । कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्रनारायण श्रेष्ठ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?