२९ माघ, काठमाडौं । आगामी फागुन दोस्रो साता जापानमा हुने चौथो क्योकुशिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल क्योकुशिन कराते संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी दुई खेलाडी र तीन अफिसियल गरी पाँच सदस्यीय टोली जापान जाने जनाएको हो ।
संघद्वारा छनोट भएका खेलाडीहरू दावा शेर्पाले कातामा र मनिष कुमार कार्कीले कुमैतेमा प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलहरुमा संघका अध्यक्ष दमन बस्नेत र महासचिव संगीत बस्नेत तथा प्रशिक्षकमा रोशन कपाली रहेका छन् ।
प्रतिक्रिया 4