+
+
Shares

‘भ्यालेन्टाइन्स’ सन्दर्भमा यशकुमारले ल्याए सांगीतिक फिल्म

प्रेमदिवस अर्थात भ्यालेन्टाइन्स डेको सन्दर्भमा यशकुमारले प्रेमको मूल्य बुझाउने फिल्म ल्याएका हुन् । प्रेम शरिरबाट होइन, अन्तस्करणबाट गरिन्छ भन्ने सन्देश यो फिल्मबाट गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २९ गते २१:२९

काठमाडौं । गायक तथा अभिनेता यश कुमारले सांगीतिक फिल्म ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन् । राजधानीमा आयोजित कार्यक्रममा २० मिनेट लामो सांगीतिक फिल्मको भिडियो सार्वजनिक गरिएको हो ।

प्रेमदिवस अर्थात भ्यालेन्टाइन्स डेको सन्दर्भमा यशकुमारले प्रेमको मूल्य बुझाउने फिल्म ल्याएका हुन् । प्रेम शरिरबाट होइन, अन्तस्करणबाट गरिन्छ भन्ने सन्देश यो फिल्मबाट गरेका छन् ।

सार्वजनिक कार्यक्रममा साहित्यकार राज मुकारुङ प्रमुख अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा बोल्दै उनले यश कुमार बिना संगीत क्षेत्र नै अधुरो हुने बताए । ३ दशक यता उनले नेपाली संगीत क्षेत्रमा कुमारले फरक गीत तथा संगीतमार्फत आफूलाई स्थापित गरेको बताए ।

गीतमा गायक यश र स्मिता प्रधानको स्वर छ । भिडियोमा समेत उनीहरुले नै अभिनय गरेका छन् । सार्वजनिक गीतको शब्द रचना, संगीत तथा भिडियो निर्देशन समेत गायक यशले नै गरेका हुन् । भिडियोमा रमिला मोक्तान, रेशम बुढाथोकी, कल्याण ढुंगानाको समेत अभिनय छ ।

यशले पछिल्लो समय सामाजिक विषयवस्तुमा पनि सांगीतिक फिल्म पनि ल्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?