+

थ्री एक्स थ्री बास्केटबलको सेमिफाइनल समिकरण पूरा

२०८१ माघ  २९ गते २३:४७ २०८१ माघ २९ गते २३:४७
थ्री एक्स थ्री बास्केटबलको सेमिफाइनल समिकरण पूरा

२९ माघ, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) र थ्री एक्स थ्री नेपालको संयुक्त आयोजनामा भइरहेको थ्री एक्स थ्री नेपाल बास्केटबल च्याम्पियनसिप (एनबीसी) को सेमिफाइनल समिकरण पूरा भएको छ ।

नेपालसहित भारत, पाकिस्तान र बंगलादेशगरी ४ राष्ट्रका टिम सहभागि प्रतियोगितामा नेपालबाट दुई तथा भारत र पाकिस्तानबाट एक-एक टिमले अन्तिम चारमा स्थान बनाएका छन् ।

नेपालबाट टाइम्स ए र आर्मी बी तथा भारत र पाकिस्तानको राइभल टिम सेमिफाइनल पुगेका हुन् ।

पहिलो सेमिफाइनल भारतिय टिम र टाइम्स ए बीच हुनेछ भने दोस्रो सेमिफाइनलमा पाकिस्तानी टिम र आर्मी बी भिड्नेछन् । सेमिफाइनल खेल साँझ ५ बजे सुरु हुनेछ । दुवै खेलको विजेताबीच साँझ ६ बजे फाइनल खेल हुनेछ ।

त्रिपुरशेवरस्थित राखेप कभर्डहलमा मंगलबार भएको क्वाटरफाइनलमा टाइम्स ए ले गोल्डनेगेट इन्टरनेसनल कलेज ए लाई २२-११ ले पराजित गर्दै सेमिफाइनल पुगेको हो । यस्तै राइभल पाकिस्तानले एसवाइएमलाई तथा राइभल भारतले आर्मी ए लाई समान २१-१६ ले हरायो । अर्को क्वाटरफाइनलमा आर्मी बी ले हाउण्ड्स ए लाई २१-१४ ले पराजित गर्‍यो ।

प्रतियोगितामा कूल ३२ टोलीको सहभागिता थियो । सहभागि टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइएको थियो । लिग चरणको खेलपछि हरेक समूहको शीर्ष दुई टोली प्रि क्वाटरफाइनल चरणमा प्रवेश गरेका थिए । त्यसपछि प्रि क्वाटरफाइनल र क्वाटरफाइनल खेल भएको थियो ।

थ्री एक्स थ्री एनबीसी थ्री एक्स थ्री बास्केटबल नेपाल बास्केटबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय