+

च्याम्पियन्स लिग प्लेअफ : सिटीविरूद्ध रियलको रोमाञ्चक पुनरागमन जित

२०८१ माघ  ३० गते ६:२५ २०८१ माघ ३० गते ६:२५
च्याम्पियन्स लिग प्लेअफ : सिटीविरूद्ध रियलको रोमाञ्चक पुनरागमन जित

३० माघ, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक पुनरागमन जित निकालेको छ‌ । रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो ।

रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङहामले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरे । खेलमा दुईपटक अग्रता लिएर पनि सिटीले जोगाउन सकेन ।

१९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटी १-० ले अगाडि रह्यो ।

६०औं मिनेमा एमबापेले गोल गर्दै खेल बराबरीमा ल्याए । ८०औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटी पुन: अगाडि आयो ।

तर त्यसपछि रियलले फेरि आफ्नो कमब्याक कलालाई प्रमाणित गर्यो । ८६औं मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए भने इन्जुरी समयमा बेलिङहामले गोल गरेपछि रियल ३-२ ले विजयी भयो ।

दुई टोलीबीचको दोस्रो लेग रियलको मैदानमा अर्को साता हुनेछ । उक्त खेलमा सिटीले २ गोल वा त्योभन्दा बढी अन्तरको जित निकाल्नु पर्नेछ ।

गएराति नै भएको अर्को खेलमा पिएसजीले ब्रेस्टलाई तथा बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई समान ३-० ले हराउँदा युभेन्टसले पिएसभीलाई २-१ ले हरायो ।

म्यान्चेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग रियल मड्रिड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय