+

स्टार्कले च्याम्पियन्स ट्रफी नखेल्ने, बुमराह पनि बाहिर

२०८१ माघ  ३० गते ७:२३ २०८१ माघ ३० गते ७:२३
स्टार्कले च्याम्पियन्स ट्रफी नखेल्ने, बुमराह पनि बाहिर

३० माघ, काठमाडौं । अस्ट्रेलियाका प्रमुख पेस बलर मिचेल स्टार्कले पनि आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट नखेल्ने भएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै प्रतियोगितामा सहभागी नहुने जानकारी गराएको अस्ट्रेलियन क्रिकेट बोर्डले जनाएको छ ।

योसँगै अस्ट्रेलिया अब तीनजना मुख्य अनुभवी पेस बलरविहीन भएको छ । यसअघि प्याट कमिन्स र जोश हेजलवूडले चोटका कारण प्रतियोगिता गुमाउने पक्का भएको थियो । तीनवटै बलरले दुई ओडिआई र एक टी-२०आई विश्वकप सँगै जितेका थिए ।

स्टार अलराउण्डर मार्कस स्टोइनिसले प्रतियोगिताकै संघारमा आएर सन्यासको घोषणा गरेका थिए भने कप्तान कमिन्ससहित तीन बलर पनि नखेल्ने भएपछि अस्ट्रेलियाले स्टिभ स्मिथको कप्तानीमा अन्तिम टोलीको घोषणा गरेको छ ।

टोलीमा सन् २०२३ को विश्वकप जित्दाका अनुभवी खेलाडीहरू भने छन् । स्मिथसँगै ट्राभिस हेड, मार्नस लबुशान, ग्लेन म्याक्सवेल, एलेक्स केरी, जोश इङ्लिस, एडम जाम्पा, शन एबोट, बेन डारसुइस, नेथन एलिस, जेक फ्रेजर-म्याकगर्क, आरोन हार्डी, स्पेन्शर जोनसन, तनवीर संघा, म्याथ्यू सर्ट छन् । रिजर्भका रूपमा कूपर कोनोली छन् ।

यस्तै भारतका स्टार पेस बलर जसप्रीत बुमराहले पनि च्याम्पियन्स ट्रफी गुमाउने पक्का भएको छ । उनको स्थानमा हर्षित राना टोलीमा आएका छन् । बुमराह अस्ट्रेलियाविरूद्धको टेस्ट शृंखलादेखि लोअर ब्याकको समस्याका कारण बीचमै बाहिरिएका थिए ।

आईसीसी च्याम्पियन्स ट्रफी जसप्रित बुमराह मिचेल स्टार्क
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय