
३० माघ, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-५ का २८ वर्षीय आलोक महतो रहेका छन् ।
बछौलीबाट झुवानीतर्फ जाँदै गरेको बा.प्र.०३-००२ प ५५०३ नं.को मोटरसाइकल मंगलबार राति १० बजे रत्ननगरकै जनकल्याण चोकमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पडाइएकोमा साढे १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4