+

बलिङ एक्सन शंकास्पद भएसँगै कुहनेमानलाई बलिङमा प्रतिबन्ध

२०८१ माघ  ३० गते ९:३७ २०८१ माघ ३० गते ९:३७
बलिङ एक्सन शंकास्पद भएसँगै कुहनेमानलाई बलिङमा प्रतिबन्ध

३० माघ, काठमाडौं । अस्ट्रेलियाका बाँयाहाते स्पीन बलर म्याथ्यु कुहनेमानको बलिङ एक्सन शंकास्पद भएको भन्दै आईसीसीले छानविन गर्ने भएको छ ।

श्रीलंकामा भएको दुई टेस्ट खेलमा जित निकाल्न अस्ट्रेलियाका लागि २८ वर्षीय कुहनेमानले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ इनिङमा सर्वाधिक १६ विकेट लिएका थिए ।

उनी बुधबारदेखि सुरू हुने श्रीलंकाविरूद्धको एकदिवसीय शृंखला तथा अस्ट्रेलियाको च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा भने परेका थिएनन् ।

बलिङ एक्सन शंकस्पद ठहरिएसँगै छानविन नसकिँदासम्मलाई उनले अब अन्तर्राष्ट्रिय खेलहरूमा बलिङ् गर्न पाउने छैनन् । घरेलु क्रिकेटमा भने उनीमाथि प्रतिबन्ध हुने छैन ।

उनको बलिङ एक्सन वैध छ कि छैन भनेर निर्धारण गर्न तीन हप्ता भित्र अनिवार्य परीक्षण गर्नुपर्नेछ। एक बायोमेकानिस्टले स्पिनरको एक्सनको विश्लेषण गर्नेछन् र निष्कर्षहरू आईसीसीलाई दिनेछन्।

म्याथ्यु कुहनेमान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय