+
+
Shares

एकैदिन २७ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १०:५८

३० माघ, काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि यस दिन नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?