+

कप्तान एन्जिला आज नेपाल आउँदै

२०८१ माघ  ३० गते ११:१८ २०८१ माघ ३० गते ११:१८
कप्तान एन्जिला आज नेपाल आउँदै

३० माघ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आउँदै छिन् ।

हाल ग्रीसमा व्यावसायिक फुटबल खेलिरहेकी एन्जिला इन्टरनेशनल वुमन्स च्याम्पियनसिप पुटबल प्रतियोगिता खेल्न नेपाल आउन लागेकी हुन् । एन्जिला तुम्बापो एयर अरेबियाको फ्लाइटबाट आज दिउँसो १ बजे काठमाडौँ आइपुग्ने एन्फाले जनाएको छ ।

युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् ।

इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहा नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।

एन्जिला तुम्बापो सुब्बा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय