+
+
Shares

कारागारबाट फरार जन्मकैदका दोषी १२ वर्षपछि पक्राउ

२४ फागुन २०६४ मा बमबहादुर साउदको हत्या मुद्दामा अदालतबाट सर्वस्वसहित जन्मकैद पाएका दीपकबहादुर सिंह २२ साउन २०६९ मा कैलाली कारागारबाट फरार भएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १३:१४

३० माघ, काठमाडौं । ३० माघ, काठमाडौं । सर्वस्वसहित जन्म कैदको सजाय भुक्तान गर्दा गर्दै कारागारबाट फरार भएका दीपकबहादुर सिंह १२ वर्षपछि पक्राउ परेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–११ का ४८ वर्षीय देव सिंह ठकुरी भनिने सिंह २२ साउन २०६९ मा कैलाली कारागारबाट फरार भएका थिए । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सिंहलाई बुधबार बिहान नेपाल–भारत सीमा गड्डाचौकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।

सिंहलाई कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतको २७ मंसिर २०६७ मा सर्वस्वसहित जन्मकैदको सजाय फैसला सुनाएको थियो । २४ फागुन २०६४ मा भक्तबहादुर भनिने बमबहादुर साउदको हत्या गरेको मुद्दामा अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

अदालतको फैसला आउँदा उनी ११ असार २०६६ देखि थुनामै थिए । उनले हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद भुक्तान गरिसकेका थिए । सिंहमाथि हत्या र हातहतियार खरखजनाबाहेक अन्य मुद्दाहरू पनि छन् ।

उनीविरुद्ध २ असोज २०६२ मा गोदावरी–६ कै मानबहादुर सुनारको हत्या, १० असार २०६५ मा अपहरण, १० असार २०६६ मा हातहतियार खरखजनालगायत मुद्दा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?