+
+
Shares

भारतमा चर्कियो पडकास्ट शो प्रतिबन्धको माग, होस्ट र ३० पाहुनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १३:११

मुम्बई । ‘इन्डियाज गट लेटेन्ट’ शोमा अभिभावकमाथि अभद्र टिप्पणी गरेको भन्दै युट्युबर रणवीर अल्लाहबाडिया र समय रैनाविरुद्ध मुम्बईमा दोस्रो एफआईआर दर्ता भएको छ । महाराष्ट्र प्रहरीको साइबर शाखाले मुद्दा चलाएको हो ।

रणवीर र समयबाहेक शोको पहिलो एपिसोडदेखि अहिलेसम्म शोमा सहभागी ३० पाहुनाविरुद्ध पनि मुद्दा दर्ता भएको छ । अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले शोलाई प्रतिबन्ध लगाउन केन्द्रीय गृहमन्त्री अमित शाहलाई पत्र लेखेको छ । यस्तो कार्यक्रमले देशका युवालाई भ्रममा पार्ने संघको भनाइ छ ।

महिला आयोगले अलाहबाडिया, रैना र अन्यलाई पनि नोटिस पठाएको छ । सबैलाई १७ फेब्रुअरीमा बोलाइएको छ । अलाहाबाडियाविरुद्ध इन्दौरमा उजुरी पनि परेको छ ।

५ पुलिस अधिकारीको टोली मंगलबार बिहान मुम्बईको वर्सोवास्थित रणवीर अलाहाबादियाको घर पुग्यो । फेब्रुअरी १० मा मुम्बई पुलिसले शोका होस्ट रैना, अल्लाहबदिया र अपूर्व माखिजा र शोका आयोजकविरुद्ध मुद्दा दर्ता गरेको थियो । राष्ट्रिय मानव अधिकार आयोगको मागमा युट्युबले शोको विवादास्पद एपिसोड हटाएको छ ।

संसदको आइटी समितिले सूचना पठाउन सक्छ

समय रैनाले युट्युब शो ‘इन्डियाज गट लेटेन्ट’मा अभिभावकमाथि अभद्र टिप्पणी गरेको विषय संसदमा पुगेको छ । मंगलबार, शिवसेना सांसद प्रियंका चतुर्वेदीले संसदको आईटी समितिमा कारबाही र दिशानिर्देश जारी गर्न माग गर्दै गुनासो गरिन् ।

चतुर्वेदीले कमेडीको नाममा अपमानजनक शब्द प्रयोग सह्य नहुने बताइन् । उनले भनिन्, ‘अलाहाबादियाको मञ्चमा ठूला-ठूला राजनीतिज्ञ पनि आएका छन्, उनीहरूलाई प्रधानमन्त्रीले पुरस्कार दिएका छन् । जिम्मेवार व्यक्तिबाट यो अपेक्षा गरिएको छैन ।’

८ फेब्रुअरीमा रिलिज भएको थियो एपिसोड

‘इन्डियाज गट लेटेन्ट’ स्ट्यान्डअप कमेडियन समय रैनाको शो हो, जुन विवादमा परेको छ । यो एपिसोड ८ फेब्रुअरीमा युट्युबमा रिलिज भएको थियो । यो शोमा बोल्ड कमेडी सामग्री छ । यस शोका विश्वभर ७३ लाखभन्दा बढी सब्सक्राइबर छन् । यस शोमा आमाबाबु र महिलाको बारेमा यस्ता कुरा भनिएको थियो, जुन सार्वजनिक मिडियामा उल्लेख गर्नु उपयुक्त हुँदैन ।

रैनाको शोको हरेक एपिसोडले युट्युबमा औसतमा २ करोडभन्दा बढी भ्यूज पाउँछन् । उनीबाहेक, शोको हरेक एपिसोडमा जजहरू परिवर्तन भइरहेका छन् । प्रत्येक एपिसोडमा नयाँ प्रतियोगीले पर्फमेन्सको मौका पाउँछन् । प्रतियोगीलाई प्रतिभा देखाउन ९० सेकेन्डको समय दिइएको छ ।

गायक बी प्राकले युट्युबर रणवीर अलाहाबादियाको पोडकास्टमा आमाबाबु र महिलाहरूमाथि अभद्र टिप्पणी गरेपछि पाहुनाको रुपमा जान अस्वीकार गरेका छन् ।

उनले भने, ‘म बियर बिसेप्स पोडकास्टमा जाने तयारीमा थिएँ । अब यो रद्द गरिएको छ । यसको कारण हो, उनीहरूको पतित मानसिकता । रैनाको कार्यक्रममा यसरी शब्द प्रयोग गरिएको छ जुन हाम्रो संस्कृति होइन ।’ बी प्राकले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै यी कुरा भनेका हुन् ।

फडणवीस भन्छन्- भद्दा तरिकाले चल्नु गलत

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले भने, ‘मैले यसबारे जानकारी पाएको छु । यद्यपि मैले त्यो शो देखेको वा सुनेको छैन । यो शो कच्चा तरिकाले चलाइएको छ, जुन बिल्कुल गलत छ भन्ने बाहिर आएको छ । वाक स्वतन्त्रता सबैको हुन्छ, तर हाम्रो स्वतन्त्रता त्यतिबेला कुण्ठित हुन्छ, जसमा अरुले हस्तक्षेप गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?