+
+
Shares

स्कटल्याण्डमा नेपाली आदिवासी जनजाति फिल्म फेस्टिभल हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १४:१७

काठमाडौंँ । ‘नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव २०२५’ स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजना हुने भएको छ । नेपाल स्कटल्याण्ड एसोसिएसन, चलचित्रकर्मी महासंघ, प्रदेश १ र फिल्म कल्चर सोसाइटीले महोत्स गर्न लागेका हुन् ।

एसोसिएसनले मंगलबार कार्यक्रम गर्दै महोत्सव आगामी अगष्टमा आयोजना हुने जनाएको हो । आदिवासी फिल्मको अन्तराष्ट्रिय बजार प्रवद्र्धनका लागि महोत्सव आयोजना हुन लागेको आदिवासी जनजाती चलचित्र महासंघ, प्रदेश १ का अध्यक्ष ज्योतिराज राईले बताए ।

आदिवासी जनजाती फिल्मको अन्तराष्ट्रिय बजार विस्तार गर्ने र निर्माणमा तीव्रता ल्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको राईले बताए । स्कटल्याण्डपछि अन्य मुलुकमा कार्यक्रम गरिने राईले बताए ।

कार्यक्रममा एसोसिएसनका अध्यक्ष विजय डंगोल, हिमालयन सेन्टरका अध्यक्ष टीका लिम्बु, कलाकार सुवास थापा, निर्माता सागर सुवेदी, चलचित्र निर्देशक समाजका महासचिव तथा चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधानको सहभागिता थियो ।

महोत्सवमा आदिवासीका खाना, पहिरन, कलासंस्कृतिसहित फिल्म प्रदर्शन गर्ने योजना छ । प्रदर्शन हुने फिल्मका कलाकार र फिल्मलाई पुरस्कृत गरिने भएको छ । अगस्टमा स्कटरल्याण्डको एडिनबर्गमा विश्वको चर्चित महोत्सव ‘एडिनबर्ग महोत्सव’ आयोजना हुदैछ । सोही अवसर पारेर यो महोत्सव हुन लागेको हो ।

स्कटल्याण्डमा पहिलोपटक आदिवासी फिल्म फेस्टिभल हुन लागेको हो । महोत्सवमा समावेश हुने फिल्मका बिधा र अन्य जानकारी केही समयपछि दिने निर्देशक प्रधानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?