+
+
Shares

लुम्बिनी केबुलकार र पश्चिम नेपाल बस व्यवसायीबीच सम्झौता

लुम्बिनी केबुलकार टिकटमा बसका यात्रुलाई २० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १४:३६

काठमाडौं । लुम्बिनी केबुलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा लुम्बिनी केबुलकारका म्यानेजर प्रज्वल घिमिरे र पश्चिम नेपाल बस व्यवसाय सञ्चालक समिति अध्यक्ष दधिराम खरेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार पश्चिम नेपाल बस व्यवसायीमा आबद्ध व्यवसायी र यस कम्पनीमा आबद्ध बसमा यात्रा गर्ने यात्रुले लुम्बिनी केबुलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् ।

यात्रुहरूले पश्चिम नेपाल बस व्यवसायी प्रालिमा आबद्ध बसहरूमा यात्रा गरेको टिकट देखाइ ३ महिनाभित्रमा २० प्रतिशत छुट सुविधा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?