+
+
Shares

‘सुरक्षित इन्टरनेट दिवस’ मा सचेतनामूलक कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १५:०७

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडको आयोजनामा मंगलबार ‘सफर इन्टरनेट डे’ अर्थात् सुरक्षित इन्टरनेट दिवस मनाइएको छ । यो दिवस हरेक वर्षको फेब्रुअरी महिनाको दोस्रो मंगलबार विश्वभरि मनाइन्छ । यो वर्ष दिवसको मूल नारा ‘टुगेदर फर अ बेटेर इन्टरनेट’ तय गरिएको थियो । दिवसको अवसरमा सचेतनामूलक विविध कार्यक्रम आयोजना गरिएको वर्ल्डलिंकले जनाएको छ ।

जसरी इन्टरनेटको सदुपयोगले सबैतिर सहज तुल्याएको छ त्यसरी नै यसको दुरुपयोगले जीवनलाई नै जोखिममा पुर्‍याइरहेको थुप्रै घटनाहरू रहेका छन् । त्यस्तो घटना हुन नदिनका लागि विशेष गरी बालबालिका र युवामा डिजिटल प्रविधिको सुरक्षित र सकारात्मक प्रयोगलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइएको वर्ल्डलिंकले जनाएको छ ।

विश्वका १ सय ७० भन्दा बढी देशमा सेफर इन्टरनेट डे विविध कार्यक्रमसहित मनाइरहँदा नेपालमा पनि यो कार्यक्रम आयोजना गरिएको वर्ल्डलिंकको भनाइ छ ।

सूचना प्रविधि विभागसँगको सहकार्यमा वर्ल्डलिंकले आयोजना गरेको कार्यक्रममा डिजिटल साक्षरता, समावेशिता र सुरक्षित इन्टरनेट प्रयोगको सेरोफेरोमा दुई सत्रमा छलफल भएको थियो ।

पहिलो सत्रमा छलफलको शीर्षक ‘नेपालमा डिजिटल साक्षरता र अनलाइन सुरक्षाको निर्माण: सुरक्षित इन्टरनेटका लागि समुदायको सशक्तीकरण’ रहेको थियो भने दोस्रो सत्रमा ‘डिजिटल डिभाइड्स ब्रिजिङ: नेपालको बढ्दो परिदृश्यमा अनलाइन सुरक्षा र समावेशिता प्रवर्द्धन’ शीर्षक रहेको थियो ।

छलफलमा विज्ञ लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?