
३० माघ, काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यालयसमेत डुबानमा परेका छन् ।
काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो ।
वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।
उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4