
काठमाडौं । चैत ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘११:५५ – डु नट ट्रस्ट एनि वन’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स समावेश छ ।
कलाकार सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, सागर खनाललाई उनीहरूको पात्र लुक्समै प्रस्तुत गरिएको छ । ‘क्राइम थ्रिलर’ जनरामा निर्माण भएको फिल्मको लेखन र निर्देशन केशव पाण्डेले गरेका हुन् । फिल्ममा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ ।
अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको नृत्य, देव महर्जनको द्वन्द्व, राजेन्द्र मोक्तानको रङ संयोजन, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युम्न मिश्रको डीओपी, रामशरण उप्रेतीको छायांकन, पासाङदावा शेर्पाको सम्पादन र सुवासराज काफ्ले निर्माण नियन्त्रकमा छन् ।
विचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । फिल्ममा बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय छ । कार्यकारी निर्माता एमएस अग्रज हुन् । कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।
प्रतिक्रिया 4