+
+
Shares

४ घण्टापछि बल्ल रोकियो बबरमहलमा पानी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते २०:४५

३० माघ, काठमाडौं । विद्युत् प्राधिकरणको तार भूमिगत गर्दा बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि निस्केको पानी ४ घण्टापछि बल्ल रोकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाबाट शाखा कार्यालयको पानी ट्यांकीमा सप्लाई गर्ने ५ सय एमएमको पाइप दिउँसो साढे २ बजे फुटेपछि बबरमहलबाट दक्षिणतर्फको सरकारी कार्यालय र बस्ती डुबानमा परेको थियो ।

उक्त पाइपमा आउने पानीको मुख्य ट्यांकीहरू बन्द गरेपछि साढे ६ बजे पछि मात्रै बन्द भएको हो ।

‘अहिले पानी बन्द भएको छ, अब हामी धमाधम काम गर्न थालेका छौं,’ फिल्डमा रहेको नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?