+
+
Shares

कांग्रेसको नीति प्रतिष्ठानमा दुई निर्देशक तोकिए

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ३० गते १९:२५

३० माघ, काठमाडौं। नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई निर्देशक तोकिएको छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको प्रतिष्ठानमा प्रशिक्षण र अनसन्धानतर्फ निर्देशक तोकिएको छ ।

प्रतिष्ठानको निर्देशक (प्रशिक्षण तर्फ) को निर्देशक पदमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र अनुसन्धान तर्फ चितवनका डा. सञ्जय महतो थारू नियुक्त गरिएको छ । यसअघि निर्देशकमा जगदिशचन्द्र पोखरेल नियुक्त भएका छन् । खड्का नेतृत्वको प्रतिष्ठानमा १८ जना सदस्य तोकिएको छ ।

पार्टी विधानमा अनुसार प्रमुखसहित ५१ लाई प्रतिष्ठानमा राख्न सकिने व्यवस्था छ । प्रतिष्ठानले पार्टीमा प्रशिक्षण, अभिमुखीकरण प्रदान गर्नुको साथै नीति बनाउने र दलको पाठ्यक्रम बनाउने कार्य गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?