+
+
Shares

साथीहरुले सहमतिमा जानुस् भन्नुभएको छ : भवानी दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १ गते ८:५९

मैले पहिले केन्द्रीय महिला विभाग प्रमुखको रुपमा काम गरेको थिएँ । अहिले चाहिँ संगठनको उपाध्यक्ष छु । काठमाडौंमा जारी १२ औं महाधिवेशनमा अध्यक्ष पदमा दाबी प्रस्तुत गरेको छु । संगठनको इतिहासमै पहिलो महिला अध्यक्ष बन्ने अवसर गुमाउनुहुन्न भन्ने लागेको छ ।

म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा छु । किनभने प्रतितिनिधि साथीहरु सहमतिको पक्षमा हुनुहुन्छ ।

हुन त यो अधिवेशन हो । यही नै हुन्छ भनेर भन्न त के सकिन्छ र । तर मलाई भित्रैदेखि सहमतिमा नेतृत्व चयन हुन्छ भन्ने लागेको छ । किनभने प्रतिनिधिहरुले चुनाव चाहनु भएको छैन । थोरै साथीहरुलाई चुनाव भइदिए मैले जित्छु कि भन्ने लागेको हुनसक्छ । त्यहीभएर चुनावको कुरा उठेको मैले सुनेको छु ।

मेरो इमान्दारिता र संगठनमा निरन्तरता नै मेरो बलियो अस्त्र हो । त्यसैले मैले आजसम्म चुनाव हारेको छैन ।

तर मलाई यसपटक साथीहरुले सहमतिमा जानुस् है भन्नु भएको छ । चुनावमा गएर हामीलाई अप्ठ्यारोमा नपार्नस् है भन्नु भएको छ । साथीहरुले सर्वसम्मत चाहेकाले म पनि त्यसकै पक्षमा छु । मेरो नाममा सर्वसम्मत हुन्छ कि भन्ने मलाई लागेको छ ।

निर्वाचन भए पनि सर्वसहमति भए पनि सबै साथीहरु संगठनको कार्यसमितिमा अटाउन सकिँदैन । किनभने हामी विधानले तोकेको संख्यामा बाँधिनुपर्छ । यद्यपि बाहिर भएका साथीहरुको क्षमतालाई पनि समेट्दै संगठन चलाउन सक्छु जस्तो मलाई लागेको छ ।

निजामती सेवालाई सम्मानयोग्य बनाउने, जनताको भरोसायोग्य बनाउने र ट्रेड युनियन अधिकारलाई स्थापित गराउने मेरो योजना छ ।

त्यसैले मलाई साथीहरुले अध्यक्ष बनाउनुहुन्छ भन्ने विश्वास छ । संगठन सेवामैत्री नभएको, लैंगिकमैत्री नभएको भन्ने जुन आरोप छ, त्यो दोष मेटाउने अवसर अहिले साथीहरुलाई छ ।

(अनलाइनखबरसँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?